सरकार भन्छ- विषादी परीक्षण रोक्न भारतीय दूतावासको ‘दबाब’ पत्र आउनु सामान्य

काठमाण्डु टुडे २०७६ असार २५ गते ७:३८ मा प्रकाशित

काठमाण्डु, २५ असार- सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक भएकोले त्यसलाई अन्यथा लिन नहुने बताए ।

‘सीमा जोडिएका दुई मुलुकबीच आ-आफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारबीच पत्रहरु आउने\जाने चलिरहन्छ’ बाँस्कोटाले भने, त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वाभाविक रुपमा लिएको छ । कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us