
भोजपुर, २५ असार– प्रहरी र सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहबीच भोजपुर सदरमुकामको हटिया लाइनमा गोली हानाहान भएको छ ।
घटनामा विप्लव कार्यकर्ता र प्रहरीतर्फ एक/एक जनाको मृत्यु भएको छ । विप्लव समूहका निरकुमार राई र प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । विप्लव समूहको गालीबाट मारिने राई जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत थिए । उनी सादा पोशाकमा घुमुवाको काम गर्थे । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार घटनामा घाइते राई द्वयको उपचारका क्रममा निधन भएको हो ।