मेसी गोल्डेन बुटको दौडमा

२०७९ मंसिर १८ गते १५:३४

काठमाण्डु,१८ मंसिर– अर्जेन्टिनी फुटबल स्टार लिओनल मेसी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्। उनले अस्ट्रेलियाविरूद्ध उत्कृष्ट गोल गर्दै आफूलाई पुनः गोल्डेन बुटको सूचीमा अगाडि राखेका हुन । गय राती भएको खेलमा उनले अस्ट्रेलियाविरूद्ध ३५ मिनेटमा डिबक्सभित्रबाट आकर्षक गोल गरे। जारी विश्वकपमा यो उनको तेस्रो...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

२०७९ मंसिर १८ गते १५:०२

काठमाण्डु,१८ मंसिर– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने बताइएको छ । हजो (शनिवार) पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको...

देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ: कृषि मन्त्रालय

२०७९ मंसिर १८ गते १४:४०

काठमाण्डु,१८ मंसिर– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको बताएको छ । आज (आइतबार) मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्षको ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२...

डोल्पामा जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०७९ मंसिर १८ गते १४:२७

काठमाण्डु,१८ मंसिर– डोल्पाबाट प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढा रहेका छन । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त बुढाले ती...

सुर्यको थुप्रै स्थानमा विशाल काला खाल्डा बन्दै,पृथ्वीका लागि चेतावनी

२०७९ मंसिर १८ गते १३:५८

एजेन्सी– पछिल्ला केही दिनदेखि यता सुर्यमा विशाल काला खाल्डा बनिरहेका छन् । यी खाडलहरु गहिरो र निकै ठूला छन् । यति ठूला कि यसमा थुप्रै धर्ती विलिन हुनसक्छ । यसभित्रबाट तातो सौर्य तरङ्ग एकदमै तीब्र गतिमा निस्किरहेको छ । वैज्ञानिकले यी खाल्डा हालै देखेका...

स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न कांग्रेस रुपन्देहीको आग्रह

२०७९ मंसिर १८ गते १३:३१

काठमाण्डु,१८ मंसिर– कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेको छ कांग्रेसले मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको बताएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र...

लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न एमालेको आग्रह

२०७९ मंसिर १८ गते १३:१९

काठमाण्डु,१८ मंसिर– एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले राजधानी सार्ने काम तत्काल रोकेर नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने बताएका छन । भौतिक निर्माणको काम नसकिँदै मन्त्रालयहरु सार्ने...

ओलीले सत्ता सहकार्यका लागि तयार रहेको सन्देश देउवालाई पठाए

२०७९ मंसिर १८ गते १२:५५

काठमाण्डु,१८ मंसिर– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवंम् कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन् । नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न...

प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकियो

२०७९ मंसिर १८ गते १२:३९

 काठमाण्डु,१८ मंसिर– प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकिएको छ । प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा ठूलो हुने भएको छ । प्राप्त मतपरिणाम अनुसार समानुपातिकमा जम्मा १८ लाख ९९ हजार...

सुर्खेतमा जिप दुर्घटना, ६ जना घाइते

२०७९ मंसिर १८ गते ११:५५

काठमाण्डु,१८ मंसिर– सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार राति सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर...

दोलखाबाट प्रदेश सभा (२) मा एमालेका केसी विजयी

२०७९ मंसिर १८ गते ११:४०

काठमाण्डु,१८ मंसिर– दोलखाको प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन । केसी १९ हजार ४१४ मत प्राप्त गर्दा उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्रप्त गरेका थिय । कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि...

नकआउट चरणमा मेस्सीको पहिलो गोल

२०७९ मंसिर १८ गते ११:२५

काठमाण्डु,१८ मंसिर– विश्वकप फुटबलमा लियोनेल मेस्सीले अस्ट्रेलियाविरुद्ध अल रायान रङ्गशालामा खेलिएको अन्तिम १६ को खेलमा गोल गर्दै टोलीलाई क्वार्टरफाइनमा पुर्‍याएका छन् । विश्वपकप फुटबलको नकआउट चरणमा मेस्सीले गरेको यो पहिलो गोल हो । यसअघि मेस्सीले विश्वकपमा गरेका सबै आठ गोल समूह चरणका खेलहरूमा भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us