सुर्यको थुप्रै स्थानमा विशाल काला खाल्डा बन्दै,पृथ्वीका लागि चेतावनी

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १३:५८ मा प्रकाशित

एजेन्सी– पछिल्ला केही दिनदेखि यता सुर्यमा विशाल काला खाल्डा बनिरहेका छन् । यी खाडलहरु गहिरो र निकै ठूला छन् । यति ठूला कि यसमा थुप्रै धर्ती विलिन हुनसक्छ ।

यसभित्रबाट तातो सौर्य तरङ्ग एकदमै तीब्र गतिमा निस्किरहेको छ । वैज्ञानिकले यी खाल्डा हालै देखेका थिए । वैज्ञानिक हरुले यी खाल्डालाई कारोनल होल भनिरहेका छन् । यो सूर्यको मध्य भागमा बन्छन् ।

यो त्यतिबेला बन्छन् जब सूर्यको माथिल्लो वायुमण्डलको इलेक्ट्रिफाइड ग्यास अर्थात् प्लाज्माको तापक्रम खस्कन्छ । तर यी अन्य स्थानभन्दा घना हुन्छन् । यसैकारण यो कालो रङको देखीएको हो ।

यी खाल्डाको किनारामा सूर्यको चुम्बकीय रेखा बलियो हुन्छन् । यस्तोमा यसले खाल्डोभित्र भएका सौर्य पदार्थलाई तीब्र रुपमा बाहिर तान्ने कार्य गर्छ । यतिबेला यी खाल्डाबाट जुन सौर्य आँधी निस्किरहेको छ, यसको गति २ ९० करोड किलोमिटर प्रतिघण्टा हो ।

यो लहरमा तीब्र इलेक्ट्रोन्स, प्रोटोन्स अल्फा पार्टिकल्स निस्कन्छन् । यसलाई धर्तीको चुम्बकीय शक्तिले आफु तीरतान्ने गर्द छ । सोस्ने प्रक्रियामा सूर्यको लहर र धर्तीको चुम्बकीय क्षेत्रमा एउटा युद्धजस्तो हुन्छ ।

यसलाई जियोम्याग्नेटिक स्टोर्म भनिन्छ । पृथ्वीको दुबै ध्रुवमा वायुमण्डल पातलो छ । यहाँबाट सौर्य लहर वायुमण्डललाई चिरेर भित्र आउने गर्छ । यस्तोमा यहाँ रंगीबिरंगी प्रकाश तैरन थाल्छ ।

जसलाई नर्दन लाइट्स भनिन्छ । हाल यी खाल्डाका कारण जुन सौर्य आँधी धर्तीतर्फ आइरहेको छ । अर्थात् यसबारे खासै बढी खतरा छैन । तर बिजुलीको ग्रिड र केही उपग्रहमा असर पर्न सक्ने वैज्ञानीक हरु बताउँछन् ।

यसमा पहिलो खाल्डो यसै वर्ष छठ पर्व ताका बनेको थियो । वास्तवमा यी खाल्डा त्यतिबेला नै बन्न सुरु भएको हो । त्यसपछि लगातार चारदेखि पाँच पटक यस्ता खाल्डा बनिसकेका छन् । पछिल्लो पटक ३० नोभेम्बर २०२२ मा खाल्डो देखिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us