
काठमाण्डू, ११ जेठ– तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्याउने रोशनी शाही मृत अवस्थामा भेटिएकी छन । उनी आज (आइतबार) भक्तपुरमा मृत अवस्थामा भेटिएकी हुन ।
भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यैपानले जानकारी दिएका छन ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने श्रीमान विराटनगरमा रहेकाले आउन लागेको बताइएको प्रहरीले जनाएको छ ।