
काठमाण्डू, ११ जेठ– पोखरामा जारी एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औं महाधिवेशनमा निर्वाचनका लागि मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । अध्यक्षका उम्मेदवार क्षितिज थेवेले उम्मेदवारी दर्ता गराएका छन् ।
उनका समर्थकहरुको नाराजुलुससहित उनले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिबाट जारी तालिकाअनुसार अहिले ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । संघमा कूल प्रतिनिधि १७५१ जना छन् ।
सोमबार बिहान ८ देखि अपरान्ह ४ बजेसम्म मतदान समय राखिएको छ । त्यसपछि मतगणनाको समय निर्धारण गरिएको छ । संघको सर्वसम्मत नेतृत्व चयनका लागि भएको प्रयास सफल नभएपछि मतदान हुने भएको हो । महासचिव सुमन पुरी अध्यक्षका अर्का दाबेदार हुन् । उनले पनि मनोनयन दर्ता गराउँदै छन् ।