
काठमाण्डू, ११ जेठ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सत्ता सहकार्यका प्रमुख दुई दल कांग्रेस एमालेका शीर्ष नेताहरूबिच बैठक जारी छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,गृहमन्त्री रमेश लेखक,अर्थमन्त्री विष्णु पौडेल,परराष्ट्रमन्त्री आरजु राणा देउवा,कांग्रेस उपसभापति पूर्ण बहादुर खडका,एमाले उपाध्यक्ष इश्वर पाखरेल लगायत शीर्ष नेताहरु सहभागी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।