
काठमाण्डु,१८ मंसिर– डोल्पाबाट प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढा रहेका छन ।
उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।