नकआउट चरणमा मेस्सीको पहिलो गोल

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते ११:२५ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– विश्वकप फुटबलमा लियोनेल मेस्सीले अस्ट्रेलियाविरुद्ध अल रायान रङ्गशालामा खेलिएको अन्तिम १६ को खेलमा गोल गर्दै टोलीलाई क्वार्टरफाइनमा पुर्‍याएका छन् ।

विश्वपकप फुटबलको नकआउट चरणमा मेस्सीले गरेको यो पहिलो गोल हो । यसअघि मेस्सीले विश्वकपमा गरेका सबै आठ गोल समूह चरणका खेलहरूमा भएका थिए ।

योसँगै मेस्सीले डिएगो म्याराडोनालाई उछिन्दै विश्वकपमा अर्जेन्टिनाका लागि सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि अब ग्याब्रियल बाटिस्टुटामात्र रहेका छन् ।

बाटिस्टुटाको प्रतियोगितामा १० गोल रहेको छ । देश र क्लबका लागि पछिल्ला ८ खेलमा १३ गोल गरेका मेस्सीले हालसम्म सिनियर करियरमा ७८९ गोल गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us