लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न एमालेको आग्रह

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १३:१९ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एमालेका रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले राजधानी सार्ने काम तत्काल रोकेर नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने बताएका छन ।

भौतिक निर्माणको काम नसकिँदै मन्त्रालयहरु सार्ने तयारी भएको भन्दै त्यसो नगर्न केसीले आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us