
काठमाण्डू, ११ जेठ- एमाले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाइने भएको छ ।
ललितपुरको च्यासलस्थित मुख्यालयमा आइतबार बसेको एकमाले सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो ।
अनेरास्ववियुमा उमेर हद लगाउने कि नलगाउने भन्नेबारे लामो बहस थियो । अनेरास्ववियुको राष्ट्रिय सम्मेलन आगामी २४ देखि २७ जेठसम्म तोकिएको छ ।
महासचिव शंकर पोखरेलले यसअघि ३२ वर्षमुनिका र नियमित विद्यार्थीलाई मात्र प्रतिनिधि बनाउन प्रदेश इन्चार्जहरुलाई निर्देशन दिएका थिए ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा ३० वर्षे उमेर हद लगाएको थियो ।