
काठमाण्डु,१८ मंसिर– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने बताइएको छ ।
हजो (शनिवार) पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो ।