स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न कांग्रेस रुपन्देहीको आग्रह

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते १३:३१ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट तत्काल दाङ नसार्न आग्रह गरेको छ कांग्रेसले मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको बताएको छ ।

नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको हो ।

कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुपर्ने बताएको छ । कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खांणले बिज्ञप्ति जारी गर्दै प्रदेश सभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ पनि प्रदेश सरकार सचेत हुनुपर्ने बताएका छन ।

तत्काल सार्वभौम प्रदेश सभाको निर्णय कार्यान्वयनगर्दा प्रदेश सरकार, संसद, विषयगत समिति लगायतका संरचनाको नियमित सन्चालन र व्यवस्था नगर्न साथै प्रदेश सभा र सरकारसँगै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जबरजस्ती लैजानु प्रदेश सभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकाले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेश सभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौं,’ सभापति खांणद्वारा जारी ज्ञिप्तीमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us