सुर्खेतमा जिप दुर्घटना, ६ जना घाइते

काठमाण्डु टुडे २०७९ मंसिर १८ गते ११:५५ मा प्रकाशित

काठमाण्डु,१८ मंसिर– सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार राति सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् ।

कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।

जीपमा सवार १० जना मध्ये ६ जना घाइते भएका र १ जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बांगेसिमलले जानकारी दिएको छ । घाइतेमध्ये ३ जनाको सुर्खेत जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप शनिबार राति ८ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर तल खसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us