माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बालकोटमा सहमति

२०७९ पुष १० गते १६:०४

ओलीको निवासमा भएको दलहरूको बैठकमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले बताएका छन ।...

ओलीको अफरपछि राप्रपाको बैठक जारी

२०७९ पुष १० गते १५:५४

काठमाण्डु,१० पुस– एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि यसबारे निर्णय लिन राप्रपाको बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको केन्द्रीय सदस्य जनकराज पाठकले बताएका छन । उनका अनुसार बैठकमा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर...

नेपाली राजनीति र विश्वकप फुटबल खेल उस्तै रोमाञ्चक: बाबुराम भट्टराई

२०७९ पुष १० गते १५:४५

काठमाण्डु,१० पुस– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवंम् पुर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् । आज (आइतबार) दिउँसो माओवादी केन्द्रका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको...

सिके राउत बालकोट पुगे

२०७९ पुष १० गते १५:३३

काठमाण्डु,१० पुस– जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी भएका छन । एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठबारे छलफल भइरहेको छ ।...

कांग्रेससहितको सरकार बन्ने संभावना सकियो: माधव नेपाल

२०७९ पुष १० गते १५:२६

काठमाण्डु,१० पुस– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक सुरु गरेको हो । बैठकअघि अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट...

अब सबै चीज अघि बढ्यो: केपी ओली

२०७९ पुष १० गते १४:४३

काठमाण्डु,१० पुस– सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको ४ दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी भएका छन । अरु नेताभन्दा अलि पछि पुगेका पुनलाई स्वागत गर्दै ओलीले भने, ‘स्वास्थ्य लाभ गरी फर्कनु भयो । अब...

बालकोटमा चार दलको बैठक जारी

२०७९ पुष १० गते १४:३६

काठमाण्डु,१० पुस– एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा चार दलबीच छलफल जारी छ । एमाले अध्यक्ष ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल जारी छ । कांग्रेस...

प्रचण्ड बालकोट पुगे

२०७९ पुष १० गते १४:२५

काठमाण्डु,१० पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् । बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट गएका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आज (आइतबार) अपरान्ह ५ बजे सकिँदैछ ।...

बालकोटमा पुगे रवि लामिछाने

२०७९ पुष १० गते १४:१९

काठमाण्डु,१० पुस– सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र महामन्त्री ढकालले बालकोटमा ओलीसँग छलफल गरेका हुन ।...

बालकोट पुगे राजेन्द्र लिङ्देन

२०७९ पुष १० गते १४:०७

काठमाण्डु,१० पुस– एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । सरकारको नेतृत्व र शक्ति बाँडफाँटका विषयमा कुरा नमिल्दा सत्ता गठबन्धन संकटमा परेको बेला ओलीले रणनीति वार्ता अघि बढाएका छन् । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादी अध्यक्ष प्रचण्डसँग...

सत्तारुढ गठबन्धन टुटो: रामचन्द्र पौडेल

२०७९ पुष १० गते १३:५५

काठमाण्डु ,१० पुस- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन्। गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको थिय। पौडेलले आफुहरुले गठबन्धन जोगाउन नसकेको बताय।...

प्रचण्ड पछि माधव नेपाल र झलनाथ खनाल पनि बालुवाटारबाट बाहिरिए

२०७९ पुष १० गते १३:५१

काठमाण्डु,१० पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि एकीकृत समाजवादी केन्द्रका नेताहरू पनि प्रधानमन्त्री निवास बालुवाटारबाट बाहिरिएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू सरकार गठनको विषयमा छलफल गर्न बालुवाटारमा भेला भएका थिए । एकीकृत समाजवादीबाट पार्टी अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us