
काठमाण्डु ,१० पुस- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बसेको बैठकपछि सत्तारुढ गठबन्धन टुटेको बताएका छन्।
गठबन्धनमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘अब गठबन्धनको औचित्य सकियो’ भन्दै बैठक स्थल छाडेको थिय। पौडेलले आफुहरुले गठबन्धन जोगाउन नसकेको बताय। सतारुड गठबन्धनमा पहिलो पालीमा कसले पहिले सरकारको नेतृत्व गर्ने विषयमा विवाद रहेको थियो ।
कांग्रेस र नेकपा माओवादी केन्द्र दुवैले आफूले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान राखेका थिय। यता बैठकपछि नेपाली कांग्रेसका नेता तथा सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा अझै पनि गठबन्धन जोगाउने पक्षमा रहेको बताएका छन ।