बालुवाटार छाडेर बालकोट लागे प्रचण्ड

२०७९ पुष १० गते १३:४३

काठमाण्डु,१० पुस– सत्ता गठबन्धन दलको बैठक छाडेर बालुवाटारबाट बाहिरिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने...

माओवादी केन्द्रका नेताहरुले एमालेसँग सुरु गरे संवाद

२०७९ पुष १० गते १३:२६

काठमाण्डु,१० पुस– नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा (माओवादी केन्द्र)ले नेकपा एमालेसँग संवाद सुरु गरेका छन । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद थालेका छन । माओवादी केन्द्रका एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री...

गठबन्धन संकटतिर गयो: प्रचण्ड

२०७९ पुष १० गते १३:११

काठमाण्डु,१० पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन संकटतिर गएको बताएका छन । सत्तारुढ गठबन्धनको बैठकमा जानुअघि आइतबार विहान प्रचण्डले पार्टी पदाधिकारीहरुसँग छलफलमा रहेका थिए । उनले आफ्नै निवास, खुमलटारमा उपमहासचिवसम्मका पदाधिकारीलाई बोलाएका थिए । माओवादी नेताहरुको छलफल चलिरहँदा कांग्रेसका नेता बिमलेन्द्र...

खोटाङमा बस दुर्घटना, ६ जना घाइते

२०७९ पुष १० गते १२:५२

काठमाण्डु,१० पुस– खोटाङको दिक्तेल नगरपालिका १३ मा यात्रु बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुइपाबाट सदरमुकामतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००१७ नम्बरको बस आज बिहान १०ः४० बजे दुर्घटना भएको हो । दुर्घटना परि घाइते भएकामध्ये चार जनाको अवस्था सामान्य र...

बालुवाटार पुगे झलनाथ खनाल

२०७९ पुष १० गते १२:३९

काठमाण्डु,१० पुस– सता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । राष्ट्रपति विद्या भण्डारीले नयाँ सरकार गठनको लगि दिएको समय सकिन लागेपछि सत्ता गठबन्धन घनीभूत छलफल जुटेको हुन । प्रधानमन्त्री पदमा कांग्रेस र माओवादी केन्द्रले दाबी नछोडे पनि सहमति जुटाउने प्रयास भने भइनै रहेको छ ।...

राष्ट्रिय स्वतन्त्र पार्टी लाई पनि पनि सरकारमा समेटौं: विश्वप्रकाश शर्मा

२०७९ पुष १० गते १२:१०

काठमाण्डु,१० पुस– कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बताएका छन् । सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उनले यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई पनि समेट्नुपर्ने उनले बताएका छन । उनले ट्वीट गरेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले...

बालुवाटार जारी बैठकमा माधव नेपाल थपिए

२०७९ पुष १० गते १२:०१

काठमाण्डु,१० पुस– नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  जारी छ । गठबन्धनमा सहमति जुट्न पेचिलो भइरहेका बेला अन्तिम प्रयास स्वरुप बालुवाटारमा बैठक बसेको हो । यसअघि कांग्रेस सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भइरहँदा नेकपा...

काठमाण्डुमा आज यस वर्षकै सबैभन्दा बढी चिसो

२०७९ पुष १० गते ११:५४

काठमाण्डु,१० पुस– देशको राजधानी काठमाण्डुमा आज (आइतबार) यस वर्षकै सबैभन्दा बढी गरिएको छ । काठमाण्डुको आजको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ । शनिबार काठमाण्डुको न्यूनतम तापक्रम ५ दशमलव ३...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

२०७९ पुष १० गते ११:४४

काठमाण्डु,१० पुस– शक्ति बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बालुवाटारमा जारी बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने टुंगो लगाउने नेताहरुले बताएका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने...

प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास पुगे

२०७९ पुष १० गते ११:४३

काठमाण्डु, १० पुस- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । बालुवाटार मा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै संवाद हुने स्रोतले बतायको छ। बालुवाटार जानुअघि देउवाले...

युरेनियम जस्तो देखिने वस्तुसहित ३ जना पक्राउ

२०७९ पुष १० गते ११:३१

बारा,१० पुस– प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाबाट युरेनियम जस्तो देखिने वस्तुसहित तीन जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–५ बस्ने २९ वषर्ीय रवी चौधरी, ३० वषर्ीय सागर चौधरी र रौतहटको माधवनारायण नगरपालिका–२ बस्ने २२ वषर्ीय वृज सहनी रहेका छन । जीतपुरसिमरा–७ स्थित आदित्य...

गठबन्धनको बैठक अघि प्रचण्ड र देउवाबीच छुट्टै छलफल

२०७९ पुष १० गते ११:२३

काठमाण्डु,१० पुस– सत्ता गठबन्धनको बैठक बस्नु अघिनै प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छुट्टै छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच अलग्गै छलफल भइरहेको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले कांग्रेस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us