
काठमाण्डु,१० पुस– एमाले अध्यक्ष केपी ओलीले सरकारमा सहभागी हुन अफर गरेपछि यसबारे निर्णय लिन राप्रपाको बैठक सुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा पदाधिकारीसहित सांसदहरुको बैठक बसिरहेको केन्द्रीय सदस्य जनकराज पाठकले बताएका छन ।
उनका अनुसार बैठकमा पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, जेष्ठ सांसद पशुपति शमशेर राणासहित पदाधिकारी र सांसदहरु सहभागी छन् ।
बैठकमा सत्ता गठबन्धन टुटेपछि बन्ने नयाँ सरकार र राप्रपाको सहभागिताको विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।
राप्रपा स्रोतका अनुसार एमाले अध्यक्ष निवास बालकोट बैठकमा सरकारमा सहभागी हुनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई अफर आएको थियो ।