काठमाण्डू, ६ जेठ– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने विषय कार्यसूचीबाट हटाइएको छ ।
ओली अस्वस्थ भएकाले उक्त विषय कार्यसूचीबाट हटाइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संसद् चलेको अवस्थामा हरेक महिना पहिलो साता प्रधानमन्त्रीले सांसदहरुका प्रश्नको जवाफ दिने व्यवस्था संसद् नियमावलीमा छ ।
यसअघि अस्वस्थ भएको भन्दै ओलीले सोमबारको मन्त्रिपरिषद् बैठक स्थगन गरेका थिए ।