प्रधानमन्त्री ओली हेलिकोप्टर चढेर देशबाट भाग्ने लिङदेनको दाबी

काठमाण्डु टुडे २०८२ जेठ ६ गते १२:३७ मा प्रकाशित

काठमाण्डू, ६ जेठ– राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी ओलीले देश छाडेर भाग्ने अवस्था आउने चेतावनी दिएका छन् ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा लिङदेनले ओलीलाई हेलिकोप्टरमा भाग्ने सुविधा दिइने बताए ।

लिङदेनले जेठ १५ देखि सुरु हुने आफूहरुको आन्दोलनले गणतन्त्रवादी नेताहरु भाग्नुपर्ने अवस्था आउने धम्कीपूर्ण अभिव्यक्ति दिए । व्यापक जनसहभागितामा आन्दोलन हुने भन्दै उनले सरकार र गणतन्त्र पक्षधर दलहरुलाई झुक्न बाध्य बनाउने जिकिर गरे ।

केही दिनअघि प्रधानमन्त्री ओलीले संसदमा बुढ्यौली उमेरका कारण अब भागेर कतै जान नसकिने अभिव्यक्ति दिएका थिए ।

‘प्रधानमन्त्रीले संसदमा भन्नुभयो अब उमेरले भाग्न सकिन्न । ठीक छ, तर यदि सम्झौतामा आउनु भएन भने हामीले हेलिकोप्टर चढेर जान छुट त दिनैपर्छ’, लिङदेनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us