
काठमाण्डु,१० पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेका छन् ।
बालुवाटारको बैठकबाट बाहिरिएका प्रचण्ड ओलीलाई भेट्न बालकोट गएका हुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय आज (आइतबार) अपरान्ह ५ बजे सकिँदैछ ।
माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने प्रयासमा छन् । त्यसका लागि हालको सत्तारुढ गठबन्धनमा सहमति नजुटेपछि उनी एमालेसँग सहकार्यका लागि बालकोट गएका माओवादी निकट स्रोतले बताएको छ ।