कञ्चनपुर, १६, पुस– कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए । पक्राउ परेकाहरूबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ ।...
काठमाण्डु, १६ पुस– एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले वामपन्थीहरूको एकता अहिलेको आवश्यकता भएको बताएका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बस्नेतले जनताले बामपन्थी एकता चाहेको बताए । आफू वाम एकताको पक्षमा सक्रिय रहेको समेत उनले बताए । वामपन्थीको समानुपातिक मत जोड्दा दुई तिहाई...
बाँके, १६ पुस– नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापामगरको मृत्यु भएको हो । बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले घटनामा गम्भीर...
काठमाण्डु, १६ पुस– कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रवक्ता डा. प्रकाशशरण महतले आफूलाई हातपात प्रयास नगरेको प्रष्टीकरण दिएका छन् । शनिबार ट्वीट गर्दै खड्काले हातपात प्रयासबारे आएका समाचारमा सत्यता नभएको बताए । यद्यपि आफूहरुबीच मुद्दामा फरक तरिकाको बहस भने भएको उल्लेख गरे । काँग्रेस सभापति...
काठमाण्डु, १६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण कम र काम धेरै गर्ने बताएका छन् । चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सव उद्घाटन गर्दै शनिबार उनले सुशासन र विकास तथा जनताको आवश्यकता सम्बोधन हुने गरी काम गरिने प्रतिबद्धता जनाए ‘मैले यो पटक...
काठमाण्डु, १६ पुस– कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले काँग्रेस–माओवादी गठबन्धनले निरन्तरता नपाउनुमा काँग्रेस नेतृत्वको असावधानी, कमजोरी र गल्ती भएको बताएका छन् । महामन्त्रीद्वयले उक्त गल्तीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र प्रष्ट गर्नुपर्ने बताए...
काठमाण्डु, १६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक घटनामा नेपाली युवाको मृत्यु भएकामा दुःख व्यक्त गरेका छन् । क्यासिनोमा भएको आगलागीमा झापा बिर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको थियो । होटलमा आगलागी भएका बेला उनले परिवारका सदस्यलाई भिडियो कल गरी आफ्नो...
काठमाण्डु, १६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवन जाने भएका छन् । भरतपुरस्थित एक विद्यालयको हिरक महोत्सवमा सहभागी हुन प्रचण्ड चितवन जान लागेका हुन् । तेश्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड पहिलोपटक राजधानीबाहिर जान लागेका हुन् ।...
काठमाण्डु, १६ पुस– सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज बस्दैछ । उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, आगामी रणनीति लगायत विषयमा छलफल हुने जानकारी दिए । समाजवादीलाई सरकारमा...
काठमाण्डु, १६ पुस– प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइराला आफूमाथि आठ आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रिय एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ । विसं २०३३ पुस १६ गते...
बुटवल, १६ पुस– बुटवलमा गएराति भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ग१ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति अस्पताल लाइनमा दुर्घटना भएको हो । दुर्घटनामा प्युठानको गौमुखी गाउँपालिका–१ का २८ वर्षीय रोशन गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिप...
काठमाण्डु,१५ पुस– नेपाल टी–२० लिगअन्तर्गत पोखरा एभेन्जर्सले फार वेष्टमाथि २ विकेटको जित निकालेको छ । यो प्रतियोगितामा पोखराको छैटौं खेलमा पहिलो जित निकालन सफल भएको हो । लगातार खराब लयबाट गुज्रिएको पोखराले फारवेष्टविरुद्ध १८८ रनको लक्ष्य ५ बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टाएको...