
कञ्चनपुर, १६, पुस– कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताए ।
पक्राउ परेकाहरूबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा लाग्ने केही गोली बरामद गरेको छ । शुक्रबार राति पेस्तोल र त्यसमा लाग्ने केही गोलीसहित भारतीय लुटेरा पक्राउ परेका छन्,’ उनले भने, ‘ती भारतीय नागरिक लुटपाटको उद्देश्यले आएको खुलेको छ ।’
पाँच जनाको समूहमा आएका भारतीय लुटेरामध्ये दुई फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो केही समययता सीमावर्ती क्षेत्रमा लुटपाटका घटना हुने गरेका थिए ।