
काठमाण्डु, १६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक घटनामा नेपाली युवाको मृत्यु भएकामा दुःख व्यक्त गरेका छन् ।
क्यासिनोमा भएको आगलागीमा झापा बिर्तामोड–१ का ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको थियो । होटलमा आगलागी भएका बेला उनले परिवारका सदस्यलाई भिडियो कल गरी आफ्नो अवस्थाबारे जानकारी गराएका थिए ।
घटनामा उनीसहित १९ जनाको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ । प्रचण्डले पाण्डेको शव सक्दो चाँडो नेपाल ल्याउने कामका लागि सहजीकरण गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
आगलागी हुँदा क्यासिनोको १२औं तलामा फसेका पाण्डेको ज्यान बचाउन हामफाल्दा मृत्यु भएको थियो ।