एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्ने

काठमाण्डु टुडे २०७९ पुष १६ गते ९:५९ मा प्रकाशित

काठमाण्डु, १६ पुस– सरकारमा सहभागी हुने कि नहुने भन्नेबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आज बस्दैछ ।

उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, आगामी रणनीति लगायत विषयमा छलफल हुने जानकारी दिए ।

समाजवादीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली सक्रिय छन् । प्रचण्ड र ओलीबीच सत्ता गठबन्धनको सहमति हुँदा आफूलाई बाइपास गरिएको भन्दै असन्तुष्ट नेपाल पछिल्लो समय केही लचिलो भएका छन् ।

खतिवडाले सरकारमा सहभागी हुने वा बाहिरैबाट सरकारलाई समर्थन गर्ने भन्नेबारे निर्णय हुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us