ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ पुष १६ गते १७:०८ मा प्रकाशित

बाँके, १६ पुस– नेपालगञ्जमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेख नारायण नगरपालिका–५ का १८ वर्षीय तेजन थापामगरको मृत्यु भएको हो ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले घटनामा गम्भीर घाइते भएका मगरको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जानकारी दिए ।

प्रहरीले ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us