हरेक दिन जनताको पक्षमा काम गर्छुः प्रचण्ड

काठमाण्डु टुडे २०७९ पुष १६ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, १६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण कम र काम धेरै गर्ने बताएका छन् ।

चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सव उद्घाटन गर्दै शनिबार उनले सुशासन र विकास तथा जनताको आवश्यकता सम्बोधन हुने गरी काम गरिने प्रतिबद्धता जनाए ‘मैले यो पटक हरेक दिन देशको पक्षमा जनताको पक्षमा सुशासन र विकासको पक्षमा काम गर्दै जाने र नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु,’ प्रचण्डले भने, ‘मेरो बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। यो कार्यकालमा म भाषण कम र काम धेरै, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु ।’

प्रचण्डले जनताले सेवाप्रवाहमा पाएका सास्तीबाट मुक्त गर्न कठोर कदम चालेर काम गर्ने निर्णय मन्त्रिपरिषदको पहिलो बैठकले गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us