वाम एकता अहिलेको अवस्यकता होः बस्नेत

काठमाण्डु टुडे २०७९ पुष १६ गते १७:१९ मा प्रकाशित

काठमाण्डु, १६ पुस– एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले वामपन्थीहरूको एकता अहिलेको आवश्यकता भएको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बस्नेतले जनताले बामपन्थी एकता चाहेको बताए । आफू वाम एकताको पक्षमा सक्रिय रहेको समेत उनले बताए । वामपन्थीको समानुपातिक मत जोड्दा दुई तिहाई भए पनि सबै वामपन्थी सांसदको सदस्य संख्या नपुग्नु दुःखद भएको उल्लेख गरे । चुनावअघि एमाले एक्लैले बहुमत ल्याउने अनुमान गरेपनि त्यसो नभएको उनले बताए ।

‘हामीले भर्खरै आमनिर्वाचन सम्पन्न गरेका छौं । नयाँ जनादेश लिएर हामी अघि बढेका छौं । निर्वाचनअघि हाम्रो आँकलन एक्लै बहुमत ल्याउने थियो । तर, त्यस्तो भएन । समानुपातिक मतमा प्रथम भयौं । ७ मध्ये ६ प्रदेशमा हामी प्रथम दल भयौं । ५० प्रतिशत पपुलर मत ल्याउँछौं भन्ने थियो । यो निर्वाचनले एउटा गम्भीर समिक्षा गरेर अघि बढ्न भनेको छ ।’

बस्नेतले पूराना दलप्रति जनताको केही वितृष्णा देखिएको पनि उल्लेख गरे । जनताको पूराना दलप्रतिको आक्रोशको कारण स्वतन्त्र, जनमत पार्टीहरू नयाँ ढंगले उदाउने परिस्थिति बनको उनको दाबी छ ।
यसअघिको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन सत्ता केन्द्रित रहेको उनको टिप्पणी छ ।

‘त्यो सत्ताकेन्द्रित गठबन्धन थियो, त्यहाँ समस्या हुनु स्वभाविक थियो । देउवाको गठबन्धन दिगो थिएन । विकासको काम पनि भएको थिएन,’ उनले भने, ‘प्रधानमन्त्री पहिलो चरणमा कसलाई बनाउने भनेर विवादको कारण त्यो गठबन्धन टुट्यो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us