बुबाको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ

२०७९ फागुन १ गते १७:१४

रोल्पा,१ फागुन– प्रहरीले रोल्पाबाट बुबाको हत्या गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी गाउँपालिका ५ बाग्मा बस्ने ३७ वर्षीय नरबहादुर बुढा रहेका छन । नरबहादुरमाथि बुवा ६९ वर्षीय प्रथमन बुढाको हत्या गरेको आरोप उनललाई पक्राउ गरेको प्रहरीले बताएको छ ।...

संघीयता कसैले दिएको भिख होइन: यादव

२०७९ फागुन १ गते १६:३७

काठमाण्डु,१ फागुन– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताएका छन । आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले अहिलेको संघीयता आम नागरिकले लडेर ल्याएको पनि बताएका छन ।...

बुढीगण्डकी आयोजनाको काम अगाडि बढाउँछौं: श्रेष्ठ

२०७९ फागुन १ गते १६:२८

काठमाण्डु,१ फागुन– उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी आयोजना अगाडि बढाउने बताएका छन । आज (सोमबार) जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले सरकारले...

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी

२०७९ फागुन १ गते १६:१४

काठमाण्डु,१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा सोमबार दिउँसो साढे ३ बजे बैठक सुरु भएको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन । महामन्त्री मुकुल ढकाल उपत्यका बाहिर भएपछि आजको बैठकमा सह–महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका एजेण्डा...

नेपालले टर्कीलाई राहत सामग्री पठायो

२०७९ फागुन १ गते १५:२९

काठमाण्डु,१ फागुन– नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहत पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको छ । ६ फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा...

पछिल्लो समय कार्यकारी प्रमुखको तजबिजमा सार्वजनिक विदा दिने क्रम अत्यन्तै बढेको छ: महामन्त्री थापा

२०७९ फागुन १ गते १५:१६

काठमाण्डु,१ फागुन– कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय कार्यकारी प्रमुखको तजबिजमा सार्वजनिक विदा दिने क्रम अत्यन्तै बढेको बताएका छन । आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले संघीय सरकारदेखि प्रदेश सरकारसम्म कार्यकारी प्रमुखले स्वेच्छाचारी रुपमा बिदा दिएको र यसमा अराजकता देखिएको बताएका छन । उनले भने,...

मानव बेचबिखनको आरोपमा होटल सञ्चालकसहित दुईजना पक्राउ

२०७९ फागुन १ गते १५:०९

काठमाण्डु,१ फागुन– प्रहरीले मानव बेचबिखनको आरोपमा रुपन्देहीको तिलोत्तमाका एक होटल सञ्चालकसहित दुईजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा रहेको हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पूजा बिक रहेका छन । दुई वर्षदेखि फरार रहेका पराजुली र बिक केही दिन अघि पक्राउ...

सहिद, वेपत्ता, घाइते अपाङ्गहरुको योगदानको स्मरण गर्दै उच्च सम्मान गर्दछु: बादल

२०७९ फागुन १ गते १४:२८

काठमाण्डु,१ फागुन– एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध दिवसको उपलक्ष्यमा सहिद, वेपत्ता, घाइते अपाङ्गहरुको योगदानको स्मरण गर्दै उच्च सम्मान गर्ने बताएका छन् । एमाले उपाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन । सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘२८औँ...

वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि ४ राउण्ड अश्रु ग्यास प्रहार

२०७९ फागुन १ गते १४:१७

काठमाण्डु,१ फागुन– प्रहरीले सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार...

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा प्रदर्शन

२०७९ फागुन १ गते १४:११

काठमाण्डु,१ फागुन– सरकारले आज जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाण्डुमा विरोध प्रदर्शन गरेका छन् । काठमाण्डु जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका छन । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने...

देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्छ: प्रधानमन्त्री प्रचण्ड

२०७९ फागुन १ गते १३:४७

काठमाण्डु,१ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा बन्ने बताएका छन् । आज सोमबार धनगढी आइपुगेका प्रधानमन्त्री दाहालले गेटा मेडिकल कलेजका नवनिर्मित संरचनाको निरीक्षणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । उनले...

बीमाको पैसा लिने उद्देश्यले गाडीमा आगजनी

२०७९ फागुन १ गते १३:३६

काठमाण्डु,१ फागुन– बर्दियामा बीमाको रकम दाबी गर्ने मनसायले चालकले नै गाडीमा आगजनी गरेको खुलेके खुलेको । प्रहरीले गाडीमा आगो लगाएको आरोपमा चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका–२ गंगापटुवाका रामु चौधरी रहेका छन । आइतबार राति २ बजे मधुबन नगरपालिका–४ बसन्तास्थितमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us