
काठमाण्डु,१ फागुन– एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले जनयुद्ध दिवसको उपलक्ष्यमा सहिद, वेपत्ता, घाइते अपाङ्गहरुको योगदानको स्मरण गर्दै उच्च सम्मान गर्ने बताएका छन् ।
एमाले उपाध्यक्ष थापाले सामाजिक सञ्जाल फेसबुकमा जनयुद्ध दिवसको उपलक्ष्यमा शुभकामना दिएका छन । सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्, ‘२८औँ जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जनयुद्ध, जनआन्दोलनलगायतका आन्दोलनको क्रममा देश र जनताको मुक्तिका लागि आफ्नो प्राणको आहुति दिनुहुने महान सहिदहरुको स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ बेपत्ता तथा घाइते योद्धाहरूको योगदानको स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान ब्यक्त गर्दछु ।
साथै सहिद, बेपत्ता तथा घाइतेका परिवारको योगदानको उच्च कदर गर्न चाहन्छु ।’एमाले उपाध्यक्ष थापाले नेकपा माओवादी केन्द्रमा हुँदा १० वर्षे जनयुद्धमा सहभागी सशक्त भूमिका निर्वाह गरेका थिए ।