देवरद्वारा भाउजुको विभत्स हत्या

काठमाण्डु टुडे २०८२ असार ५ गते २१:३२ मा प्रकाशित

मवानपुर, ५ असार– मकवानपुरमा देवरले भाउजू नाता पर्नेको हत्या गरेका छन् ।

थाहा नगरपालिका–१ कुन्छालका ३५ वर्षीय विमलमान गोपालीले भाउजु नाताकी ५० वर्षीया तुलमाया गोपालीको बिहीबार विभत्स हत्या गरेका हुन् ।
मकवानपुर प्रहरीका एसपी विश्वराज खड्काका अनुसार विमलले तुलमायामाथि खुकुरी प्रहार गर्दा घटनास्थलमै ज्यान गएको हो । तुलमायाको टाउको र घाँटीमा खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ ।

घटनापछि विमल फरार विमललाई प्रहरीले थाहा नगरपालिका–३ थानाबजारबाट हत्यामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us