सांसद् मेटमणि चौधरीविरुद्ध प्रहरीमा जाहेरी

काठमाण्डु टुडे २०८२ असार ५ गते २०:३८ मा प्रकाशित

काठमाण्डू, ५ असार– सांसद् एवं नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरूद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ ।

चेक अनादरको कसुरमा चौधरीविरुद्ध बिहीबार हुलाकमार्फत प्राप्त जाहेरी परेको दाङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले जाहेरी प्राप्त भएको पुष्टि गरे ।

जाहेरी कर्तालाई सनाखतका लागि बोलाइएको र सनाखतपछि दर्ता प्रक्रिया अघि उनले बताए । चौधरीविरुद्ध रोल्पाका धात बुढामगरले करिब साढे ५ करोड रुपैयाँ बराबरको चेक अनादर गरेको आरोप जाहेरी कर्ताको छ ।

प्रहरी श्रोतका अनुसार बुढामगर निर्माण व्यवसायी हुन् । चौधरी ०७९ को आमनिर्वाचनमा एकीकृत समाजवादीका तर्फबाट दाङ–१ बाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us