वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि ४ राउण्ड अश्रु ग्यास प्रहार

काठमाण्डु टुडे २०७९ फागुन १ गते १४:१७ मा प्रकाशित

काठमाण्डु,१ फागुन– प्रहरीले सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएपछि ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो ।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन गरेका छन ।

आन्दोलनलाई साम्य पार्ने प्रयास गरिएपनि प्रहरीले सकिरहेको छैन भने आन्दोलनले थप उग्र रुप लिँदै गएको छ । १३० जना प्रहरीको टोली आन्दोलन स्थलमा तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us