
काठमाण्डु,१ फागुन– कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय कार्यकारी प्रमुखको तजबिजमा सार्वजनिक विदा दिने क्रम अत्यन्तै बढेको बताएका छन ।
आज (सोमबार) सामाजिक सञ्जालमार्फत उनले संघीय सरकारदेखि प्रदेश सरकारसम्म कार्यकारी प्रमुखले स्वेच्छाचारी रुपमा बिदा दिएको र यसमा अराजकता देखिएको बताएका छन ।
उनले भने, ‘कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि’, झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमा समेत सजिलै बिदा घोषणा गरेका उनले बताएका छन ।
उनले यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो ’ बिदामा कार्यकारी प्रमुखले गरेको स्वेच्छाचारिता रोक्ने काम व्यवस्थापिकाको हुनुपर्ने थापाले बताए ।
‘यो विषयमा छुट्टै कानुन बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिन्छ । न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानुन छ, त्यसैका आधारमा बिदा तय गरिन्छ ।
नेपालमा पनि कानुन बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ’ उनले भने ।