
काठमाण्डु,१ फागुन– प्रहरीले मानव बेचबिखनको आरोपमा रुपन्देहीको तिलोत्तमाका एक होटल सञ्चालकसहित दुईजना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा रहेको हेटल हेभनका सञ्चालक तुलसीराम पराजुली र पूजा बिक रहेका छन । दुई वर्षदेखि फरार रहेका पराजुली र बिक केही दिन अघि पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन ।
०७६ सालमा बुटवलको चौराहामा वेल्कम रेष्टुरेण्ट सञ्चालन गरेका पराजुलीले कामदारको रुपमा पूजा बिकलाई राखेका थिए । पूजाको सहयोगमा अन्य युवतीलाई पनि यौन व्यवसायमा लगाएको आरोपमा उनीहरुविरुद्ध उजुरी परेको थियो ।
बुटवलमा हालैमात्र सरुवा भई आएका प्रहरी नायब उपरीक्षक थापाले पराजुलीविरुद्ध परेको मानव बेचबिखनविरुद्धको उजुरीको फाइल अनुसन्धानका लागि अगाडि बढाएपछि उनीहरू पक्राउ गरेका हुन ।