काठमाण्डु, २१ पुस– काँग्रेस निटक विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले राहदानीको आवेदन र वितरण रोकिएकामा आपत्ति जनाउँदै उक्त कार्य तत्काल सुचारु गर्न माग गरेको छ । प्रणालीमा समस्या उत्पन्न भएको बहानामा राहदानी विभागले गत १७ पुसदेखि राहदानी वितरण र आवेदन बन्द गरेको छ ।...
सुनसरी, २१ पुस– सुनसरीको कोसी गाउँपालिका–२ पश्चिम कुशाहामा एक किशोरको हत्या भएको छ । कोसी–२ का १६ वर्षीय रञ्जीतकुमार यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए । किशोरको शव बुधबार गाउँ नजिकैको आलु खेतमा आधा गाडिएर फालिएको अवस्थामा...
काठमाण्डु,२० पुस– प्रहरीले अंग्रेजी नयाँ वर्ष २०२३ को इभमा दुई जना युवकलाई चक्कु प्रहार गरेको अभियोगमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरका १९ वर्षीय निश्चल राई, सिन्धुलीका अनिष मगर, कैलालीका १८ वर्षीय अनिष मगर, मनोज कुँवर, रौतहटका धिरेन्द्र यादव र ओखलढुंगाका...
काठमाण्डु,२० पुस– प्रहरीले सिरहाबाट ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा एक महिलाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–६ बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेकी छिन् । चन्दादेवी कोइरीकी बुहारी हुन् । बुहारी चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै...
काठमाण्डु,२० पुस– महान्यायाधिवक्ता दिनमणि पोखरेलले कानुन व्यवसायीहरूको शिर झुक्ने नदिने गरी आफूले कार्य सम्पादन गर्ने बताएका छन् । महान्यायाधिवक्ता पोखरेलले आफू भागेर, लुकेर हिँड्ने गरी काम गर्ने पक्षमा नरहेको पनि बताएका छन । सर्वोच्च अदालत बार एशोसिएशनले बुधबार आफूलाई बधाई तथा शुभकामना दिन आयोजना...
काठमाण्डु,२० पुस– सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आज (बुधबार) साँझ सुरु भएको बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन...
भेटवार्ताका क्रममा वर्तमान सरकार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको स्रोतले बताएको छ । तर राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले भने भेटवार्ताबारे आफुलाई कुनै जानकारी नभएको बताएका छन ।...
काठमाण्डु,२० पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । प्रचण्डले बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेट गरेका थिए सो क्रममा उनले यस्तो बताएका हुन । नेकपा माओवादी...
काठमाण्डु,२० पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने बताएका छन । आज (बुधबार) काठमाण्डुमा युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले त्यसका लागि विभिन्न पार्टीहरूसँग कुराकानी भइरहेको पनि बताएका छन...
काठमाण्डु,२० पुस– कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताएका छन । आज (बुधबार) पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा...
काठमाण्डु,२० पुस– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवमा सहसचिव नवराज ढुंगाना नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउनु अगाडि ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहेका थिए । १४ पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाण्डु,२० पुस– विश्वचर्चित फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन् । उनले यद्यपी साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको बताएका छन । एक विवादास्पद अन्तर्वार्तामा क्लबको आलोचना गरेपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले...