
काठमाण्डु,२० पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता गर्ने बताएका छन ।
आज (बुधबार) काठमाण्डुमा युवा संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । अध्यक्ष नेपालले त्यसका लागि विभिन्न पार्टीहरूसँग कुराकानी भइरहेको पनि बताएका छन ।
नेपालले भने,‘विचार मिल्नेहरूसँग एकता पनि गर्नेछौ । हामी मोर्चा पनि बनाउनेछौ’, ‘ एकताबद्ध हुनसक्नेसँग एकता गर्नेछौं । विचार, सिद्धान्त, विधि र आचरण मिल्नेहरूसँग हामी मिलेर जानेछौँ ।’
नेपालले एकता सम्भव नभए मोर्चावन्दी गरेर पनि अघि बढ्न सकिने बताएका छन । उनले भने,‘होइन भने तात्कालिक विषयवस्तुहरुमा सहमति भएकाहरूसँग मोर्चावन्दी बनाएर पनि अगाडि बढ्नेछौ’।
अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै यो कुरालाई अन्य राजनीतिक दलहरूले पनि आत्मसात् गर्नसक्नुपर्ने बताएका छन ।
उनले आफ्नो गणतन्त्र बलियो बनाउने, संविधानको कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण होस् भन्ने उद्देश्य रहेको बताए । भारतको राजनीतिमा सुरुमा २ सिट पाएको विजेपीले सत्ता हाँकेको उदाहरण दिँदै नेता नेपालले आत्तिन नहुने बताए ।