एजेन्सी– दक्षिण कोरियामा आज बिहीबार बिहान दक्षिण दक्षिणपूर्वमा एउटा कार समुद्रमा खस्दा चार जनाको मृत्यु भएको योनहाप समाचार एजेन्सीले प्रहरीलाई उदृत गर्दै बताएको छ । यात्रुवाहक गाडी स्थानीय समयानुसार बिहान १०ः४८ मा देशको दक्षिणी टापु जिओजेबाट करिब १०० मिटर तल समुद्रमा खसेको थियो ।...
काठमाण्डु ,२८ पुस -साताको अन्तिम कारोबार दिन बिहीबार पनी सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ । बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ । बिहीबार एक करोड ४४ लाख ८२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम...
विराटनगर,२८ पुस– कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन । आज (बिहीबार) विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले निर्वाचन अझै बाँकी रहेको र ती...
काठमाण्डु,२८ पुस– सौर्यमण्डलमा ५० हजार वर्ष अघि देखिएको पुच्छ्रेतारा फेरि पनि देखिने भएको छ । शुक्रबारदेखि केही दिन यो पुच्छ्रेतारा देख्न सकिने विपी कोइराला मेमोरियाल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले जानकारी दिएको छ । C/2022 E3 (ZTE) नामकरण गरिएको यो पुच्छ्रेताराले...
काठमाण्डु,२८ पुस– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन । गिरी सँगै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई...
काठमाण्डु,२८ पुुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेटवार्ता भएको छ । प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको...
पाल्पा,२८ पुुस– प्रहरीले श्रीमानलाई धारिलो चक्कु प्रहार गरेको आरोपमा श्रीमती पक्राउ गरेको छ । पाल्पाको तानसेन नगरपालिका–७ की प्रियंका थापाले श्रीमान ३० वर्षीय शेरजंग थापालाई ज्यान मार्ने उद्देश्यले पेटमा धारिलो चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । श्रीमान् श्रीमतीबीच पटक पटक विवाद भएपछि ज्यान...
एजेन्सी– अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्व कपपछि पहिलो पटक म्याच खेलेका छन । मेस्सीले फ्रान्समा भएको लिगवान म्याचमा पेरि सन जर्मा (पीएसजी) क्लबसँग खेल्दै एंगर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका खेलेका छन । पेरिस सेन्ट जर्मन २–० ले विजयी भयो । खेल...
काठमाण्डु,२८ पुस– ४ मंसिरमा भएको चुनावअधि एमाले छाडेका नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन । भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्न विभिन्न प्रस्ताव अघि सारेका थिए । एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी...
काठमाण्डु,२८ पुस– बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गरेका छन् । सत्ता गठबन्धन दलहरुबीच भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाले उनलाई सभामुखको उम्मेदवार बनाएको छ । उनको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र...
काठमाण्डु,२८ पुस– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् । आज (बिहीबार) दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । पौडेलका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ...
काठमाण्डु,२८ पुस– बागमती प्रदेश सभाको सभामुखका लागि कांग्रेसबाट शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् । बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र...