घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाण्डु टुडे २०७९ पुष २८ गते १४:१८ मा प्रकाशित

काठमाण्डु,२८ पुस– ४ मंसिरमा भएको चुनावअधि एमाले छाडेका नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन ।

भुसालले एकीकृत समाजवादीमा प्रवेश गर्न विभिन्न प्रस्ताव अघि सारेका थिए । एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी भएको उपमहासचिव गङ्गालाल तुलाधरले बताएका छन । तुलाधरले भने, ‘हामीले उहाँले राखेका प्रस्तावको जवाफ पठाइसकेका छौ ।

अव छिट्टै उहाँ पार्टी प्रवेश गर्दै हुनुहुन्छ’ ‘बाँकी विषयमा बैठक बसेर निर्णय हुन्छ ।’ एकीकृत समाजवादीका नेताहरूका अनुसार भुसाललाई पार्टीमा सचिवालय सदस्यको जिम्मेवारी दिने तयारी छ ।

स्रोतका अनुसार आइतबारसम्म पत्रकार सम्मेलन गरेर भुसाल औपचारिक रूपमा पार्टी प्रवेशको तयारी भइरहेको छ ।

४ मङ्सिर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही–१ स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

एकीकृत समाजवादीले वापन्थीहरुबीच एकता र सहकार्यका लागि वार्ता समिति नै गठन गरेर विभिन्न पार्टी र व्यक्तिहरूसँग छलफल सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us