
काठमाण्डु ,२८ पुस -साताको अन्तिम कारोबार दिन बिहीबार पनी सेयर बजारमा ४१.०४ अंकको गिरावट आएको छ ।
बिहीबार नेप्से १.८७ प्रतिशतले घटेर २१४९.३९ बिन्दुमा आएर बन्द भएको छ । बिहीबार एक करोड ४४ लाख ८२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार पुगेको छ ।
यस क्रममा जम्मा २१ वटा कम्पनीको सेयर बढ्ेको छ भने १८४ कम्पनीको सेयर घटेको छ । यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ। परिसूचक घटे पनि ४ वटा कम्पनीको सेयर मूल्य उच्च अङ्कले बढेको छ ।
बिहीबार नेप्सेमा शिवम सिमेन्टको सेयर २२ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज फाइनान्स र लगानी उपसमूह सबै भन्दा धेरै ३ प्रतिशतसम्मले ओरालो लागेका छन् ।
यस्तै कुमारी धन वृद्धि योजना, सिंगटी हाइड्रो इर्नजी, बाराही हाइड्रोपावर र एनआईबीएस समृद्धि फण्ड– २ को सेयर मूल्यमामा सकारात्मक सर्किट लागेको छ । यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।१८ प्रतिशतले घटेको छ ।
पछिल्लो समय निरन्तर बढेको सेयर बजारमा नाफा बुक गर्न चाहने लगानीकर्ता बढ्दा बजार घटेको हो