राष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियौं: शेखर कोइराला

काठमाण्डु टुडे २०७९ पुष २८ गते १६:०९ मा प्रकाशित

विराटनगर,२८ पुस– कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन ।

आज (बिहीबार) विराटनगरमा पत्रकारहरुसाग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन ।

उनले भने, ‘म सभामुख उपुभामुखको कुरा गरिसकेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छ । ती निर्वाचनमा हामीहरु उम्मेदवार दिन्छौं’ राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’

उनले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताएका छन । ‘हामीले आफ्नो उम्मेदवार दिँदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले’ उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us