बागमती प्रदेशको सभामुखमा कांग्रेसका शिवराज अधिकारीले दर्ता मनोनयन गरे

काठमाण्डु टुडे २०७९ पुष २८ गते १३:४६ मा प्रकाशित

काठमाण्डु,२८ पुस– बागमती प्रदेश सभाको सभामुखका लागि कांग्रेसबाट शिवराज अधिकारीले मनोनयन दर्ता गरेका छन् ।

बागमती प्रदेश कांग्रेस संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । जस अनुसार उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्णा चित्रकार समर्थक रहेका छन । सत्ता गठबन्धन दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार बन्ने पक्का छ ।

सत्ता साझेदार पाँच दलसँग ७० सांसद रहेका छन् भने सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us