
काठमाण्डु,२८ पुस– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन् ।
आज (बिहीबार) दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन ।
पौडेलका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।