
एजेन्सी– अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले फुटबल विश्व कपपछि पहिलो पटक म्याच खेलेका छन ।
मेस्सीले फ्रान्समा भएको लिगवान म्याचमा पेरि सन जर्मा (पीएसजी) क्लबसँग खेल्दै एंगर्स एससीओ क्लबलाई हराउन महत्वपूर्ण भूमिका खेलेका छन ।
पेरिस सेन्ट जर्मन २–० ले विजयी भयो । खेल सकिन १७ मिनेटअघि मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए । गत डिसेम्बरमा भएको फिफा विश्व कपमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।
त्यसपछि मेस्सीले खेलबाट विश्राम लिए र केही समय आराम गरे । उनले पीएसजीको पहिलो तीन खेल पनि खेलेका थिएनन् ।