लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी र र २ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाण्डु टुडे २०७९ पुष २८ गते १५:२९ मा प्रकाशित

काठमाण्डु,२८ पुस– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन ।

गिरी सँगै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि पद तथा गोपनियताको शपथ गराएका छन् । मुख्यमन्त्री गिरीले एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए ।

रुपन्देही २ को १ बाट निर्वाचित एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us