खेलकुद

यु–१९ एसिया कपमा नेपाल र पाकिस्तान भिड्दै

२०७० पुष १३ गते २:३२

काठमाण्डु, १३ पुस – अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग भिडिरहेको छ । दुबइमा जारी खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । बलियो प्रतिद्वन्द्वी पाकिस्तानको चुनौति पन्छाउनु नेपालका लागि चुनौतिपूर्ण हुनेछ । नेपाल रहेको समूह ‘ए’मा...

आर्सनल शीर्ष स्थानमा

२०७० पुष १२ गते ३:४०

काठमाण्डु, १२ पुस–आर्सनल इङ्लिस प्रिमियर लीग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । विहीबार राती भएको खेलमा वेष्टहामलाई ३–१ ले हराउँदै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको हो । जितसँगै उसको ३९ अंक भएको छ । वेष्टहामका काल्टन कोलले ४६ औं मिनेटमा गोल...

अन्तराष्ट्रिय हात्तीदौड प्रतियोगिता जारी

२०७० पुष १२ गते २:२४

चितवन, १२ पुस–चितवनको सौराहामा जारी अन्तराष्ट्रिय हात्तीदौड एवं चितवन हात्ती महोत्सवमा शुक्रबार विभिन्न खेलहरु हुदैछन् । विहीबार पहिलो दिन समयअभावका कारण सबै हात्तीहरुलाई सहभागि गराउन नसकिएकाले शुक्रबार सबै हात्तीहरुलाई दोस्रो चरणको दौडमा सहभागि गराईने आयोजकले जनाएको छ । हात्तीदौड प्रतियोगितामा २० वटा समुहले सहभागिता...

लिग विजेताले ७५ र उपविजेताले ४५ लाख पाउने

२०७० पुष ११ गते १३:२८

काठमाण्डु, ११ पुस – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको विजेताले ७५ लाख र उपविजेताले ४५ लाख नगद पुरस्कार पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । अघिल्लो सिजनको उपविजेताले ३५ लाख...

चौथो अभ्यासमा नेपाल १६ रनले विजयी

२०७० पुष ११ गते १२:१७

काठमाण्डु, ११ पुस- विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले विहीबार श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट एन्ड एथ्लेट क्लबलाई १६ रनले हराएको छ । लगातार चौथो जित निकाल्ने क्रममा नेपालले ब्लुमफिल्डलाई हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ब्लुमफिल्ड क्लबलाई २ सय ४७ रनको...

श्रीलंका विरुद्ध पाकिस्तान ३–१ ले अघि

२०७० पुष ११ गते ३:०१

काठमाण्डु, ११ पुस– श्रीलंका विरुद्धको पाँच एक दिवसिय क्रिकेट सिरिज पाकिस्तानले ३–१ ले जितेको छ । यसअघि नै दुई–एकले अग्रता लिइसकेको पाकिस्तानले गएराति सम्पन्न चौथो एक दिवसीय खेलमा श्रीलंकालाई ८ विकेटले हराउँदै सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो । युनाइटेड अरब इमिरेट्स अबुधाबीमा...

नेपाली यू १९ क्रिकेट टोली युएई जादै

२०७० पुष ११ गते २:५३

काठमाण्डु, ११ पुस–अन्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा सहभागीता जनाउन नेपाली टोली विहीबार युएई जाँदै छ । पर्सि युएईमा शुरु हुने प्रतियोगितामा सहभागी हुन भुवन कार्की नेतृत्वको क्रिकेट टोली त्यसतर्फ जान लागेको हो । १५ सदस्यीय नेपाली टोलीलाई बुधबार नै विदाई गरिएको थियो ।...

पारसको कप्तानी इनिङले नेपाल विजयी

२०७० पुष ९ गते १२:२२

काठमाण्डु, ९ पुस – कप्तान पारस खड्काले ९१ रनको सानदार पारी खेलेपछि नेपाल आफ्नो तेस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । एक दिवसीय विश्वकपको तयारीका क्रममा श्रीलंकामा रहेको नेपालले स्थानीय पोर्ट्स अथोरिटी क्रिकेट क्लवलाई २ विकेटले हराएको हो । २ सय १ रनको मध्यम...

आर्सनलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो

२०७० पुष ९ गते ३:४७

काठमाण्डु, ९ पुस– इङ्गलिस प्रिमियर लीग फुटबलमा चेल्सीसँग बराबरी खेलेपछि आर्सनलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । गृहमैदान इमिरेट्स स्टेडियममा सोमबार रातिको खेलमा चेल्सी र आर्सनलले गोल रहित बराबरी खेलेका हुन् । ६१ प्रतिशत समय आफ्नो पक्षमा पारेको आर्सनल गोल गर्न भने चुक्यो...

पाकिस्तानले श्रीलंकालाई ११३ रनले हरायो

२०७० पुष ८ गते ४:३३

काठमाण्डु, ८ पुस– तेस्रो वनडे क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई १ सय १३ रनले हराएको छ । यो जितसँगै पाकिस्तानले पाँच म्याचको सिरिजमा २–१ को अग्रता लिएको छ । ३२७ रनको विजय लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ४ बलमा २ सय १३ रनमा समेटिएको थियो ।...

बार्सा स्पेनिस ला-लिगाको शीर्ष स्थानमा

२०७० पुष ८ गते ३:०५

काठमाण्डु, ८ पुस– स्पेनिस स्ट्राइकर पेद्रो इजेइजरले पहिलो हाफको नौं मिनेटभित्रै ह्याट्रिक गरेपछि स्पेनिस लालिगा फुटबल अन्तरगत आइतबार राति भएको खेलमा बार्सिलोनाले गाताफेलाई पाँच–दुई गोल अन्तरले हराएको छ । लियोनल मेसी र नेयमारविना नै मैदान उत्रिएको बार्साको लागि पेद्रोले दोस्रो हाफको ३४, ४१ र...

वार्यनलाई क्लब च्याम्पीयनको उपाधी

२०७० पुष ७ गते ४:४०

काठमाण्डु, ७ पुस–जर्मन क्लव वायर्न म्युनिखले क्लब च्याम्पियनको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा राजा कासाब्लाङ क्लबलाई दु्ई–शून्यले हराउँदै वायर्नले उपाधी जितेको हो । बायर्नको जितमा डान्टे र थिएगो अलाकान्त्राले सातौं र बाइसौं मिनेटमा एक–एक गोल गरे । यसैबीच ईङलिश प्रिमियर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us