
काठमाण्डु, १ चैत – ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीच आइतबार साँझ हुने खेल भारतीय च्यानल ‘स्टार स्पोर्टस १’ले प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
आइसीसीबाट ट्वान्टी–ट्वान्टी विश्वकप २०१४ का खेलहरुको प्रत्यक्ष प्रशारण गर्ने अनुमति पाएको स्टार ग्रुपको पहिलो च्यानल ‘स्टार स्पोर्टस १’ले नेपालले खेल्ने खेलको प्रत्यक्ष प्रशारण गर्न लागेको हो ।
सो टेलिभिजनले आफ्नो आधिकारीक वेवसाइटमा नेपाल र हङकङबीचको खेल साँझ ६ : ४० (नेपाली समय ६ : ५५ बजे) बाट प्रत्यक्ष प्रशारण गर्ने लेखेको छ ।
खेल नेपाली समय अनुसार सवा ७ बजे सुरु हुनेछ । खेलको नेपाली च्यानल एनटिभी प्लसले समेत प्रत्यक्ष प्रशारण गर्नेछ ।
अनलाइनमा प्रतक्ष्य हेर्नको लागि
http://kathmandutoday.com/live
स्टार स्पोट्सको आइतबारको प्रशारण तालिका