
काठमाण्डु, २ चैत – बंगलादेशमा जारी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले सानदार विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा हङकङलाई ८० रनले पराजित गर्दै नेपालले सानदार सुरुवात गरेको हो ।
चट्गाउँमा १ सय ५० रनको लक्ष्य पछ्याएको हङकङ १८ बल अगावै अलआउट हुँदै ६९ रनमा समेटियो । यो प्रतियोगिताकै सबैभन्दा कम स्कोर हो । यसअघि आइतबार नै भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ७२ रनमा समेटेको थियो ।
नेपालका लागि शक्ति गौचनले ४ ओभरमा जम्मा ९ रन दिएर ३ विकेट लिए । यस्तै वसन्त रेग्मीले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिएको पारीमा सोमपाल कामीले २ तथा कप्तान पारस खड्का र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।
शक्ति गौचन म्यान अफ द म्याच घोषित भए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । नेपालको पारीमा उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८, कप्तान पारस खड्काले ४१ र सुवास खकुरेलले २२ रन जोडे ।
यस्तै सरद भेषावकरले १४, सागर पुनले १३ तथा विनोद भण्डारीले १ रन जोडे । शक्ति गौचन, वसन्त रेग्मी र नरेश बुढाऐरले रन जोड्न सकेनन् ।
जितसँगै २ अंक जोडेको नेपाल नेट रनरेटमा अघि रहँदै समूहको शीर्ष स्थानमा छ । नेपालले अब आफ्नो दोस्रो खेलमा मंगलबार घरेलु टिम बंगलादेशको सामना गर्ने छ ।
नेपाल र हङकङबीचको खेलको लाइभ कमेन्ट्री हेर्न यो लिंक