प्रवास

युएईलाई नेपालले दियो २ सय ४८ रनको लक्ष्य

२०७५ चैत ३० गते ११:२९

काठमाण्डु, ३० चैत – मलेसियामा जारी अण्डर १९ विश्वकप क्रिकेटको एसियाली छनोटमा नेपालले युएईसामु २ सय ४८ रनको चुनौती प्रस्तुत गरेको छ । भीम सार्की र हरि बहादुर चौहानले छैटौ विकेटका लागि ९२ रनको साझेदारी गरेपछि नेपालले युएईसामु मध्यम चुनौती प्रस्तुत गरेको हो ।...

हाइटीबाट नेपाली सेना स्वदेश फर्किने

२०७५ चैत ३० गते १०:३७

काठमाण्डु, ३० चैत – क्यारेबियन मुलुक हाइटीमा विधिको शासन स्थापना, कानून पालना तथा त्यहाँको राष्ट्रिय प्रहरीलाई सुरक्षा व्यवस्थापनमा सघाएर नेपाली विशेष सुरक्षा टोली घर फर्कंदै छ । द्वन्द्वोत्तर उक्त देशमा न्याय प्रवद्र्धनका निम्ति संयुक्त राष्ट्रसङ्घीय ‘मिनुष्टा’ ‘मिशन’मा नेतृत्वदायी भूमिकामा रहेको १४० सदस्यीय नेपाली टोली...

अष्ट्रेलियामा नेपाली युवा बने सांसदको उम्मेद्वार

२०७५ चैत २९ गते १२:३०

अष्ट्रलिया, २९ चैत – अष्ट्रलियाको संघीय निर्वाचनको इतिहासमा पहिलोपटक त्यहाँको सत्तारुढ दल लिबरल पार्टीले एक नेपाली मूलका युवालाई संघीय निर्वाचनको उम्मेद्वार सिफारिस गरेको छ । सिड्नी निवासी परमेज श्रेष्ठ आगामी मे १८ मा हुने संघीय निर्वाचमा बार्टन क्षेत्रबाट उम्मेद्वार बन्न लागेका हुन् । बिहीबार...

अमेरिकामा भिसा किर्ते गर्ने नेपाली पक्राउ

२०७५ चैत २८ गते १५:१८

अमेरिका, २८ चैत – किर्ते कागजातका आधारमा अमेरिकी भिसा दिलाएको अभियोगमा अमेरिकामा एक नेपाली पक्राउ परेका छन् । ४२ वर्षका सन्तोष गिरीलाई अमेरिकी प्रहरीले मंगलबार पक्राउ गरेको हो । गिरीसँगै कुमार अश्वपाठी र किशोर दत्तपुरम नामका उनका दुई साझेदार पनि पक्राउ परेका छन् ।...

डेंगु भएकी निरुताले भारतबाटै लेखिन् यस्तो स्टाटस

२०७५ चैत २७ गते १६:३८

काठमाण्डु, २७ चैत – मह सञ्चारले निर्माण गरेको चलचित्र ‘दालभात तरकारी’ टीम यतिबेला मोफसल यात्रामा दौडिएको छ । टीमले विभिन्न सहरमा कन्सर्ट, पत्रकार सम्मेलन गरेर चलचित्रको बारेमा जानकारी गराइरहेको छ । तर मोफसल यात्रामा चलचित्रकी मुख्य अभिनेत्री निरुता सिंह उपस्थित छैनन् । केही समयदेखि...

सभामुख महराद्वारा पाकिस्तान र बंगलादेशका समकक्षीसँग शिष्टाचार भेट

२०७५ चैत २६ गते १४:२७

दोहा, २५ चैत – सभामुख कृष्णबहादुर महरा र पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद आइसरबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका पाकिस्तानका सभामुखसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा सभामुख महराले...

लिबियामा द्वन्द्व चर्कियो, नेपाली सेनाको अवस्था कस्तो छ ?

२०७५ चैत २५ गते १७:४४

काठमाण्डु, २५ चैत – नेपाली सेनाले लिवियाको राजधानीमा चर्किएको संघर्षमा शान्ति स्थापनार्थ रहेका नेपाली शान्ति सेना सुरक्षित रहेको बताएको छ । लिबियामा पछिल्लो साता जारी द्वन्द्धबारे चासो देखाउँदै नेपाली सेनाले विज्ञप्ति नै जारी गरेको हाे । संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत नेपाली सेनाहरु सुरक्षित रहेको...

आइपियुको १४० औं सभालाई सम्बोधन गर्दै सभामुखले के भने ?

२०७५ चैत २५ गते १५:५८

कतार, २५ चैत – सभामुख कृष्णबहादुर महराले कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका संघ (आइपियु) को १४० औं सभालाई सम्बोधन गरेका छन् । आइपियूको सभामा सभामुख महराले सम्बोधन गरेका हुन् । सभालाई सम्बोधन गर्दै सभामुख महराले नेपालको संसदले लोकतान्त्रिक मूल्यमान्यता, मानव अधिकार, समानता र कानुनी शासनको...

मलेसिया बस दुर्घटनामा कति नेपालीले ज्यान गुमाए ?

२०७५ चैत २५ गते १३:५४

मलेसिया, २५ चैत – मलेसियमा आइतबार राति भएको बस दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ । त्यस्तै उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् । ४३ जना कामदार बोकेर गइरहेको बस आइतबार राति ११ः१० बजे क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलस्थित एमएएस कम्पलेक्स नजिकैको नालामा खस्दा...

मलेसियामा बस दुर्घटना, नेपालीसहित ११ जनाको ज्यान गयो

२०७५ चैत २५ गते ११:३०

मलेसिया, २५ चैत – मलेसियामा बस दुर्घटना भएको छ । आइतबार राति भएको उक्त बस दुर्घटनामा दुई जना नेपालीसहित ११ जनाको मृत्यु भएको द स्टार अनलाइनले जनाएको छ । ज्यान जानेमा नेपाली रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन् । ४४ जना यात्रु...

कतारका मन्त्रीसँग ४ लाख नेपालीको सुरक्षाबारे सभामुखको चासो

२०७५ चैत २४ गते १३:०४

कतार (दोहा), २४ माघ – सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आएका सभामुख महराले अल थानीसँग दोहास्थित...

सिड्नीमा नेपाली र अस्ट्रेलियन विद्यार्थीको ‘ग्याङ फाइट’

२०७५ चैत १९ गते १४:५९

काठमाण्डु,१९ चैत्र – सोमबार मध्यराति सिड्नीको मुख्य सहर टाउन हलमा दुई नेपाली विद्यार्थी र दुई अस्ट्रेलियनबीच झगडा भएको छ । नेपाली विद्यार्थी बाटो काट्ने क्रममा अस्ट्रेलियनसँगको झगडामा सामेल हुँदा एक जना नेपाली विद्यार्थीलाई गम्भीर घाइते भएका छन् भने अर्का एक नेपाली विद्यार्थी प्रहरी हिरासतमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us