क्रिकेट रङ्गशालाका लागि दुबईबाट जुट्यो २० लाख

काठमाण्डु टुडे २०७६ वैशाख १६ गते १४:५३ मा प्रकाशित

दुबई, १६ वैशाख – धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० सहयोग संकलन भएको छ ।

गएको २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट त्यो रकम संकलन भएको हो ।

चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधाबीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् ।

कार्यक्रममा धुर्मुस सुन्तलीले हास्य प्रस्तुति दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधानलगायतका कलाकारहरुले समेत प्रस्तुति दिएका थिए । कार्यक्रम सकेर धुर्मुस सुन्तली आइतबार स्वदेश फर्किएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us